दफा १६
डीन र अन्य पदाधिकारीहरू

(१) डीनको नियुक्ति तीन वर्षको लागि हुनेछ ।

(२) डीन संकायको प्रमुख हुनेछ र निज पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।

(३) डीनको नियुक्ति कार्यकारी परिषद्बाट हुनेछ ।

(४) डीन र अन्य पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।